ad ad

रोचक


दिल्ली-मुम्बईको उडानमा यात्रुलाई दिएको स्यान्डविचमा किरा

वायुसेवा कम्पनीले यात्रुसँग माग्यो माफी
दिल्ली-मुम्बईको उडानमा यात्रुलाई दिएको स्यान्डविचमा किरा

नेपालखबर
पुस १९, २०८० बिहिबार १६:३,

विमानमा यात्रारत एक महिलालाई दिएको स्यान्डविचमा किरा भेटिएपछि भारतीय वायुसेवा कम्पनी इन्डिगोले उनीसँग माफी मागेको छ।

‘दिल्ली–मुम्बईको उक्त उडानमा यात्रारत गुप्ता थरकी यात्रु लेख्छिन्– म छिट्टै इमेलमार्फत आधिकारिक उजुरी दिनेछु। यसका अलावा एक जनस्वास्थ्य व्यवसायीका रूपमा म जान्न चाहन्छु कि स्यान्डविचको गुणस्तर राम्रो नभएको जानकारी गराइसकेपछि पनि अन्य यात्रुलाई स्यान्डविच दिइयो। त्यहाँ केटाकेटी, वृद्धवृद्धासहितका यात्रु थिए। यसैको कारणले संक्रमण भयो भने के हुन्छ?’ द इकोनोमिक टाइम्सले लेखेको छ।

‘मलाई कुनै क्षतिपूर्तिको आवश्यकता छैन,’ उनी थप्छिन्, ‘यात्रुको स्वास्थ्य र सुरक्षा प्राथमिकतामा हुनु पर्छ।’

यता, इन्डिगोले भने एक विज्ञप्ति जारी गर्दै महिलासँग माफी मागेको छ भने यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ।

‘हाम्रा एक ग्राहकले दिल्लीदेखि मुम्बईको उडान ६ई ६१०७ मा आफ्नो अनभुवको बारेमा उठाएको चिन्ताका बारेमा हामी सचेत छौँ,’ इन्डिगोको विज्ञप्तिमा भनिएको छ, ‘हामी बोर्डमा खाना र पेय सेवाको उच्चतम स्तर कायम राख्ने प्रतिबद्धता दिन चाहन्छौँ।’

स्यान्डविचमा समस्या देखिएपछि आफ्नो क्याबिन क्रुले तुरुन्तै सेवा बन्द गरेको पनि कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ।

स्यान्डविचमा किरा भेटिएको सम्बन्धमा कम्पनी अनुसन्धानमा जुटिरहेको र सुधारका उपाय अवलम्बन गर्न लागिपरेको कम्पनीले बताएको छ।

यसबाट यात्रुहरूलाई पर्न गएको असुविधाका लागि पनि कम्पनीले क्षमा मागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .