ad ad

रोचक


बरफमा सुतिरहेको भालुको तस्बिरले जित्यो ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर पिपुल्स च्वाइस अवार्ड’

बरफमा सुतिरहेको भालुको तस्बिरले जित्यो ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर पिपुल्स च्वाइस अवार्ड’

निमा सारिखानी/वाइल्डलाइफ फोटोग्राफर अफ द इयर


नेपालखबर
माघ २५, २०८० बिहिबार १४:४०, काठमाडौँ

ब्रिटिस फोटोग्राफर निमा सरिखानीले खिचेको हिउँ (बरफ)मा सुतिरहेको ध्रुवीय भालुको तस्बिरले ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर पिपुल्स च्वाइस अवार्ड’ जितेको छ।

नेपालखबरले यो सामग्री बीबीसीबाट लिएको हो। प्राकृतिक इतिहास संग्रहालय (नेचुरल हिस्ट्री म्युजियम)का निर्देशक डा. डगलस गुरलाई उद्धृत गर्दै बीबीसी लेख्छ, ‘सरिखानीले खिचेको यस मार्मिक तस्बिरले हामीलाई हाम्रो ग्रहको सौन्दर्य र विवशता दर्शाउँछ।’

‘सरिखानीले खिचेको यो तस्बिरले जलवायु परिवर्तनले जनावरको बासस्थानमा पुर्‍याएको असरको प्रतिनिधित्व गर्दछ,’ निर्देशक गुर थप्छन्।

सरिखानीलाई यो तस्बिर खिच्ने मौका तीन दिनको संघर्षपछि जुरेको हो। नर्वेको स्वाल्बार्ड द्वीपसमूहमा लागेको बाक्लो कुहिरोलाई छिचोल्दै भालुको खोजीमा लाग्दा तेस्रो दिन उक्त तस्बिर खिच्ने सफलता मिलेको हो।

संग्रहालयले २५ तस्बिरको सूची बनाइ विश्वका वन्यजन्तु फोटोग्राफी तथा प्रकृतिप्रेमीलाई मतदान गर्न आमन्त्रित गरेको थियो।

जसमा सरिखानीले खिचेको हिउँमा सुतिरहेको भालुको तस्बिरले सर्वाधिक मत पाएको हो।

भालुको तस्बिरपछि क्रमशः उच्च अंक पाउने अन्य चार तस्बिर यसप्रकार छन्–

‘ह्याप्पी कछुवा’


यो तस्बिर जाही फिङ्कल्स्टिनले खिचेका हुन्। फिङ्कल्स्टिन किनारामा बसेर चराहरूको फोटो खिच्दै थिए। त्यहीबेला कछुवालाई पानीमा हिँडिरहेको देखे।

त्यहीबेला गाइनेकिरो (ड्रागनफ्लाइ) आएर कछुवाको नाकमा बस्यो।

‘स्टारलिङ मर्मरेसन’


डेनियल डेनेस्कुद्वारा खिचिएको यो तस्बिरले डब्लूपीवाईको तेस्रो स्थान ओगटेको छ।

डेनेस्कु इटालीको सहर रोम र यस वरिपरि स्टारलिङ (चराहरूको ठूलो समूह) पछ्याउँदै घन्टौँ बिताउँदै थिए।

यसै क्रममा स्टारलिङ एक विशाल चराको आकारमा देखियो, जसलाई उनले क्यामेरामा कैद गरे।

अभिभावकत्व


केन्याको मासाइ मारामारामा मार्क बोइडले खिचेको यस तस्बिरमा सिंहको प्रेम देख्न सकिन्छ।

दुई सिंह आफ्नो बच्चालाई गुफामा छोडी शिकारका लागि निस्केका थिए।

तर असफल मिसनपश्चात् फर्केपछि बच्चालाई खुला घाँसे मैदानमा बोलाएर स्नेह गरे, जुन क्षणलाई फोटोग्राफर बोइडले गुमाएनन्।

अरोरा जेलिस


प्रकाशपुञ्जको पृष्ठभूमिमा उत्तरी नर्वेस्थित ट्रोम्सोबाहिरको एक खोँचमा जब मुन जेलिफिस (एक किसिमको चम्किलो माछा) पौडिन थाल्यो, एउटा स्वनिर्मित पानी नछिर्ने घरमा आफ्ना सामान राखेर औदन रिकार्डसनले एउटा एकल एक्सपोजरका दौडान फोकस र अपार्चर मिलाउन आफ्नै प्रणालीको प्रयोग गरेका थिए।

पाँच वटै तस्बिर अनलाइन र लन्डनको प्राकृतिक इतिहास संग्रहालयमा जुन ३० सम्म प्रदर्शन गरिनेछन्। सबै तस्बिरको प्रतिलिपि अधिकार ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर’सँग सुरक्षित रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .