न्युजिल्यान्डमा मोटोपनका कारण रोग लागेर कुकुर मरेपछि पाल्ने महिलालाई २ महिनाको जेल सजाय सुनाइएको छ।
नुगी नाम गरेको त्यो कुकुर अत्यधिक खुवाएर मोटाउने पारेको र त्यसका कारण रोग लागेर मरेको ठहर गर्दै गत हप्ता मानुकाउ जिल्ला अदालतले त्यसकी मालिक महिलालाई सजाय सुनाएको हो।
समाचारअनुसार अदालतले १ हजार १२२ न्युजिल्यान्ड डलर जरिवाना तिर्न आदेश दिँदै ती महिलालाई २ महिना जेल सजाय हुने फैसला गरेको हो।
साथै अदालतले ती महिलाको घरलाई एक वर्षसम्म कुकुर पाल्न अयोग्य ठहर पनि गरेको छ। तर ती महिलाको नाम खुलाइएको छैन।
धेरै खाएकै कारण त्यो कुकुर हिँड्नसमेत नसक्ने गरी मोटो भएको थियो। मालिकले उसलाई दिनकै ८/१० टुक्रा मासु र बिस्कुट दिन्थे।
त्यसपछि अकल्यान्डस्थित घरबाट पशुविरुद्ध हुने क्रूरता रोक्न बनेको संस्था (सीपीसीए) ले सन् २०२१ अक्टोबरमा त्यो कुकुरको उद्धार गरेको थियो। जतिबेला ५३ दशमलव ७ किलोग्राम तौल भएको त्यो कुकुरका खुट्टाले उसको शरीर थेग्नै नसक्ने अवस्था थियो।
हिँड्नै नसक्ने भएर जति बेला पनि सुतिरहने कारण कुकुरको कुहिना र पेटमा घाउ नै घाउ थिए।
सीपीसीएले उद्धार गरेपछि कुकुरको तौल झन्डै ९ किलो घटेको थियो। तर मोटोपनका कारण उसलाई कलेजोको रोग लागिसकेको थियो।त्यही रोगकै कारण उद्धार गरिएको केही महिनामै कुकुर मरेको थियो।
सो मुद्दामा त्यो कुकुर पाल्ने महिलालाई गत हप्ता अदालतले सजाय सुनाएको हो।
Shares
प्रतिक्रिया