रोचक


अमेरिकाबाट नआएको पुष्टि भएपछि अस्ट्रेलियामा जो नामको परेवालाई नमारिने

अमेरिकाबाट नआएको पुष्टि भएपछि अस्ट्रेलियामा जो नामको परेवालाई नमारिने

नेपालखबर
माघ ४, २०७७ आइतबार ७:२४,

उक्त परेवालाई अस्ट्रेलियाका अधिकारीहरुले मार्न खोजेपछि यो विषय चर्चामा आएको थियो।

सुरुवातमा उक्त परेवा अमेरिकामा ‘पिजन रेसिङ’मा आवद्ध भइसकेको परेवा भएको बताइएको थियो।

उक्त परेवाको खुट्टामा ट्याग थियो। जसले उक्त परेवा अमेरिकाबाट आएको अनुमान गरिएको थियो।

तर उक्त परेवाको खुट्टामा राखिएको ट्याग नक्कली भएको अस्ट्रेलियाका संचार माध्यमले जनाएका छन्।

अमेरिका यतिबेला कोरोनाले सबैभन्दा बढी ग्रस्त बनेको मुलुक हो। यसबीचमा उक्त परेवामा पनि कोरोना भाइरस भएको आशंका गरिएको थियो।

अस्ट्रेलियाका अधिकारीहरुले यस परेवालाई नियन्त्रण गरेर क्वारेन्टिनमा राख्न नसकिने भएकाले यसलाई मार्न खोजिएको थियो।

तर अनुसन्धानपछि उक्त परेवा स्थानीय नै भएको र अब यसलाई नमारिने बताइएको छ।

अमेरिकामा हालै नयाँ राष्ट्रपतिको रुपमा जो बाइडेन निर्वाचित भएका छन्। त्यसकारण अमेरिकाबाट हालै अस्ट्रेलिया आएको भनिएपछि यस परेवाको नाम पनि जो राखिएको थियो। एजेन्सी

यो पनिः अमेरिकाबाट उडेर अस्ट्रेलिया पुगेको परेवालाई मार्न खोजिँदै, यस्तो छ कारण...

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .