रोचक


आमाको शवलाई दश वर्षसम्म फ्रिजरमा राख्ने महिला गिरफ्तार, यसो भन्छिन्...

आमाको शवलाई दश वर्षसम्म फ्रिजरमा राख्ने महिला गिरफ्तार, यसो भन्छिन्...

नेपालखबर
माघ १७, २०७७ शनिबार ८:३१,

४८ वर्षकी युमी योसिनोले दश वर्षसम्म आमाको शवलाई फ्रिजरमा राखेको बीबीसीले जनाएको छ।

दश वर्षअघि आफ्नी आमालाई मृत भेटेपछि उनको शवलाई फ्रिजरमा राखेको उनी बताउँछिन्।

आमा र आफू बस्दै आएको टोक्योस्थित घर छाड्न मन नलागेर आमाको शव ती महिलाले फ्रिजरमा राखेको प्रहरी स्रोतलाई उल्लेख गर्दै जापानी सञ्चार माध्यमले समाचार छापेका छन्।

प्रहरीका अनुसार मृत महिलाको शरीरमा कुनै डाम देखिन्न। अधिकारीहरूले महिलाको निधन भएको समय र कारण पत्ता लगाइसकेका छैनन्।

भाडा नतिरेका कारण योसिनोलाई घर छोड्न बाध्य बनाएपछि घर सफा गर्न लगाइएका व्यक्तिले फ्रिजरमा शव फेला पारेका थिए।

ती महिलाको शरीरलाई बङ्ग्याएर फ्रिजरमा कोचिएको पाइएको प्रहरीले बताएको छ।

योसिनोलाई शुक्रबार टोक्यो नजिकैको शहर चिबाको एक होटलबाट गिरफ्तार गरिएको थियो। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .