रोचक


७० वर्षको चराले चल्ला कोरल्यो!

७० वर्षको चराले चल्ला कोरल्यो!

नेपालखबर
फागुन २२, २०७७ शनिबार ९:०,

यो आफैंमा आश्चर्यको कुरा हो किनभने यो प्रजातिको चराको सरदर आयू १२ देखि ४० वर्षको हुन्छ।

तर यहाँ उक्त चराले ७० वर्षको उमेरमा चल्ला नै कोरलेपछि भने यो विषय विश्वभर निकै भाइरल बनिरहेको छ।

अमेरिकाको नर्थ प्यासिफिक ओसियन वन्यजन्तु शरणमा ७० वर्षको विस्डम चराले गत फेब्रुअरी एकमा चल्ला कोरलेको बीबीसीले जनाएको छ।

Wisdom the albatross with her newly-hatched chick

अमेरिकी अधिकारीहरुका अनुसार गतवर्षको नोभेम्बरमा उक्त चराले अण्डा पारेको थियो।

यो चरा विश्वमै सबैभन्दा बढी बाँचेको चरा भएको पनि बताइएको छ।

अमेरिकी माछा र वन्यजन्तु सेवा यूएसएफडब्लूएसका अनुसार यो अल्बाट्रस विस्डम चराले हालसम्म ३० देखि ३६ बच्चा कोरलेको छ।

Wisdom incubating her egg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .