अभिनेता प्रभास, कृति सेनन तथा सैफअलि खान स्टारर ‘आदिपुरुष’ १६ जुनबाट रिलिज हुँदैछ। फिल्म रिलिज समय नजिकिँदै गर्दा निर्माण टिमले अनौठो घोषणा गरेको छ।
उनीहरूले फिल्म चलिरहँदा हरेक हलमा हरेक दिन रामका परमभक्त हनुमानलाई फिल्म देखाउने घोषणा गरेका छन्, तर त्यहाँ हनुमान भने हुने छैनन्।
निर्माण टिमले भगवान् रामका परमभक्त हनुमानका लागि प्रत्यके हलमा एउटा सिट बुक गरेको छ। फिल्मको शो चल्दा हनुमानको नाममा काटिएको सिट खाली नै रहनेछ, त्यसमा कोही दर्शक बस्न पाउने छैनन्।
निर्माण पक्षले सिनेमा हेर्ने मानिसहरूमा हनुमानप्रतिको आस्थालाई उच्च राख्न यसो गरेको बताएको छ। यसको पछाडि अर्को पनि कारण दिइएको छ। जहाँ भगवान रामको चर्चा हुन्छ त्यहाँ निश्चित रूपमा हनुमानको उपस्थिति हुने निर्माण टिमले बताएको छ।
निर्माण पक्षको यो घोषणा फिल्मका लागि कति फाइदाजनक हुन्छ, त्यो भने रिलिज पछि नै थाहा हुनेछ।
५ सय करोड भारुको बजेटमा निर्माण भएको यो सिनेमाले रिलिज अगावै झण्डै ४ सय २० करोड भारु कमाइसकेको दाबी गरिएको छ।
Shares
प्रतिक्रिया