जर्मनीका चान्सलर ओलाफ सोल्ज र अमेरिकी सिनेटर क्रिस कुन्सबीच के समानता होला?
सायद, सोचेभन्दा धेरै। कुन्सले गत बिहीबार वासिङ्टन डीसीमा सोल्जलाई भेटे। सेल्फी खिचे र पोस्ट गरे। जर्मन भाषामा उनले सोधेका थिए– को चाहिँ को?
उस्तैउस्तै कपाल, उत्तिकै खुइलिएको तालु र उस्तै मुस्कान्। झट्टा हेर्दा छुट्याउन गाह्रो।
तीन पार्टीको संयुक्त सरकारका प्रमुख जर्मन चान्सलर सोल्ज मजाकिया मानिँदैनन्। तैपनि उनी यो संवादमा जोडिए।
‘मेरैजस्तो अनुहार भएका मान्छेलाई फेरि भेट्न पाउँदा खुसी लाग्यो,’ उनले एक्समा लेखेका छन्।
उनीहरु ६० र ६५ वर्षका छन्। उचाइ पनि उनीहरुको समान छ– ५ फिट ७ इन्च। दुवै अहिले युक्रेनमा थप सैन्य सहयोग पठाउनुपर्ने पक्षमा छन्।
शुक्रबार अमेरिकी राष्ट्रपतिसँगको भेटका लागि सोल्ज अमेरिका आएका हुन्। एजेन्सी
66
Shares
प्रतिक्रिया