ad ad

रोचक


हङकङमा घरभित्रको यौनजन्य क्रियाकलाप बाहिरकाले भिडियो खिचेर भाइरल बनाइदिएपछि...

हङकङमा घरभित्रको यौनजन्य क्रियाकलाप बाहिरकाले भिडियो खिचेर भाइरल बनाइदिएपछि...

नेपालखबर
जेठ २६, २०७९ बिहिबार १४:३, काठमाडौँ

हङकङमा घरको बाल्कोनीमा यौनजन्य क्रियाकलाप गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ।

उनीहरुको यौन क्रियाकलापको भिडिओ अनलाइनमा सार्वजनिक भएसँगै प्रहरीले ३६ वर्षीया एक महिलालाई पक्राउ गरेको हो ।  

हङकङको पहिला मुक टाइ स्ट्रिटस्थित आवासीय भवनको बाल्कोनीमा दिउँसै यौनक्रिडा गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार अहिले ती महिलाको पुरुष साथीको खोजी चलिरहेको छ। 

बुधबार हङकङ प्रहरीको आपराधिक अनुसन्धान एकाइले मुक टाइ स्ट्रिटबाट ३६ वर्षीया महिलालाई पक्राउ गरेको हो। उनलाई सार्वजनिक स्थलमा अश्लील क्रियाकलाप गरेको आरोपमा पक्राउ गरिएको हो। हङकङमा यस किसिमको आरोपमा ७ वर्षसम्मको जेल सजाय हुने व्यवस्था छ। 

हङकङको कानुनअनुसार सार्वजनिक स्थल वा सार्वजनिकरुपमा देखिने स्थलमा अश्लीलता प्रदर्शन गरेको अवस्थामा ६ महिलासम्मको जेल सजाय हुन सक्ने र एक हजार हङकङ डलर जरिवाना हुन सक्ने व्यवस्था छ। 

‘बाल्कोनीलाई घरको निजी क्षेत्र मानिएको छ। तर, सार्वजनिकरुपमा देखिने बाल्कोनीमा नग्नता प्रदर्शन गर्नु र यौनजन्य क्रियाकलाप गर्नु कानुनको उल्लंघन हो’, एक प्रहरी अधिकारीले भने।

त्यसका साथै उनीहरुको भिडियो खिचेर अनलाइनमा सार्वजनिक गर्ने मानिसलाई पनि तीन वर्षको जेल सजाय र १० लाख हङकङ डलर बराबरको जरिवाना हुन सक्ने प्रहरीले बताएको छ। 

प्रहरीले यस विषयमा अनुसन्धान भइरहेको र यस विषयमा अन्य मानिस पनि पक्राउ पर्न सक्ने उल्लेख गरेको छ। अहिले महिलालाई धरौटीमा रिहा गरिएको छ र उनले अर्को महिला प्रहरीमा उपस्थित हुनुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .