ad ad

गण्डकी


गोरखा नगरपालिका–५ का वडाध्यक्ष रानाको निधन

गोरखा नगरपालिका–५ का वडाध्यक्ष रानाको निधन

नेपालखबर
कात्तिक ११, २०७९ शुक्रबार ११:५, गोरखा

गोरखाको गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ। बिहीबार साँझ भाइटीकापछि उनी एक्कासि बेहोस भएर लडेका थिए।

नेकपा एमाले गोरखा जिल्ला कमिटीका सचिव काजीराम रोकाका अनुसार राना लडेर बेहोस भएपछि उपचारका लागि गोरखा अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउनुअघि नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ। राना एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। 

वडाध्यक्ष रानाको आज अन्त्येष्टि गरिने सचिव रोकाले जानकारी दिए। गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा राना गोरखा नगरपालिका–५ बाट वडाध्यक्षमा विजयी भएका थिए। उनी एमाले गोरखा जिल्ला कमिटी सदस्य तथा युवासङ्घको नेपालको केन्द्रीय सचिवालय सदस्यसमेत थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .