कला


गम्भीर रोगसँग लडिरहेका छन् गायक सोनु निगम

गम्भीर रोगसँग लडिरहेका छन् गायक सोनु निगम

नेपालखबर
असार ३, २०८३ बुधबार १३:४, काठमाडौँ

चर्चित भारतीय गायक सोनु निगमको स्वास्थ्ययमा समस्या आएको छ। ५२ वर्षीय सोनुले सामाजिक सञ्जालमार्फत नशामा समस्या आइरहेको र फिजियोथेरापी लिइरहेको जानकारी दिएका छन्।

सोनुले केही दिनअघि इन्स्टाग्राममा एउटा भिडिओ पोस्ट गरेका थिए, जसमा उनले आफू नशामा दबाबबाट पीडित भएको र समस्याको मूल कारण पत्ता लगाउन धेरै मेडिकल परीक्षण गराइरहेको उल्लेख गरेका छन्।

‘मेरो नशामा दबाब भइरहेको छ। म एक हप्तादेखि एमआरआई र सिटी स्क्यान गराउँदै आएको छु। र, म धेरै औषधि पनि खाइरहेको छु। औषधि र फिजियोथेरापी धेरै थकाइलाग्दो छ। म हाल दुखाइ कम गर्ने औषधि लिइरहेको छु, जसले गर्दा मेरो घाँटी अलि भारी भएको छ,’ उनले लेखेका छन्।

यद्यपि, उनले आफ्नो कन्सर्ट रद्द गर्ने कुनै इरादा नभएको भन्दै उनले फ्यानलाई आश्वासन दिएका थिए। लामो अन्तरालपछि फेरि गाउन धेरै उत्साहित भएको उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad