अभिनेता सौगात मल्लको मुख्य अभिनय रहेको फिल्म ‘लाखे’ युट्युबमा सार्वजनिक भएको छ। २०७९ मा हलमा रिलिज भएको फिल्म मंगलबार ओएसआर मुभिजको युट्युबमा प्रिमियर भएको हो।
सम्राट बस्नेतको निर्देशन रहेको यो फिल्म एक्सन, क्राइम/थ्रिलर जनरामा बनेको छ। फिल्ममा सौगातसहित अर्पण थापा, आर्यन अधिकारी, अनुपविक्रम शाही, वर्षा राउत, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रूम्बालगायत कलाकारहरूको अभिनय छ।
सिजन अर्यालको कथा रहेको फिल्मको पटकथा आकाश बरालले लेखेका हुन्। फिल्मको संवाद भने आकाशसहित अनुप न्यौपानले लेखेका हुन्।
फिल्मको निर्माता सिजन अर्याल, जी.एम. ठकुरी, डीपी भण्डारी हुन्। त्यस्तै, कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन्। यस फिल्मले हलमा भने खासै व्यापार गर्न सकेन।

प्रतिक्रिया