गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्तले फिल्ममा डेब्यु गर्ने भएकी छन्। उनले रघुजी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको ‘तीन तिघ्रे, क्या बिग्रे’ बाट सिनेक्षेत्रमा प्रवेश गर्न लागेकी हुन्।
केही दिनअघि परितोषिका फिल्मको मुख्य भूमिकाको लागि अनुबन्धित भइसकेको निर्माता रघुनाथ सापकोटाले जानकारी दिए। यसअघि फिल्ममा लोकगायक पशुपति शर्मा पनि अनुबन्धित भइसकेका छन्। यो गायक पशुपति शर्माको पनि डेब्यु फिल्म हुनेछ।
अभिनय कोर्स समेत गरेकी परितोषिकाले यसअघि केही म्युजिक भिडिओ र नाटकमा अभिनय गरिसकेकी छन्।
यस फिल्मका लेखक तथा निर्देशक अमरदीप सापकोटा हुन्। रघुजी फिल्म्स ब्यानरमा बन्ने फिल्ममा अन्य दुई अभिनेता समेत रहनेछन्।
यद्यपि, फिल्ममा परितोषिका कसको जोडी बन्नेछिन् भन्ने खुलाइएको छैन। यसै साता फिल्म र टिमबारे जानकारी दिने निर्माण पक्षले जनाएको छ।
Shares

प्रतिक्रिया