आगामी साउन २२ गते रिलिज हुने फिल्म ‘हली’को टिजर सार्वजनिक भएको छ। एक मिनेट २८ सेकेन्ड लामो टिजरमा नेपाली समाजमा रहेको छाउपडी प्रथा विरुद्धको कथा प्रस्तुत गरिएको छ।
टिजरमा छोरी महिनावारी हुँदा छाउगोठमा राखिएको दृश्य छ। बालिकालाई गोठमा राखेपछि परिवार तथा बुवाको समेत मुख हेर्न हुन्न भन्ने कुरीतिलाई पर्दामा उतारिएको छ। जसको विरुद्ध एक युवाले समाजलाई नै विपक्षी बनाएर मुद्दा हालेका छन्।
कथा पुरानो जस्तो लागे पनि नेपालमा भइरहेको वास्तविक घटनालाई टिजरमा देख्न सकिन्छ। यो फिल्म ओम प्रतिकको लेखन तथा निर्देशनमा बनेको हो।
यस फिल्ममा ओमप्रतिकसँगै सरोज खनाल, प्रमोद दीप, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीको अभिनय छ।
जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा भएको फिल्ममा व्यवसायीद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठले लगानी गरेको हुन्।
Shares

प्रतिक्रिया