गत वर्ष प्रदर्शन भएका नेपाली चलचित्रमा ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र घोषित भएको छ।
शुक्रबार चलचित्र विकास बोर्डको आयोजनामा राष्ट्रपति कार्यालयमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहमा ‘ऊनको स्वीटर’लाई उत्कृष्ट चलचित्रको अवार्ड प्रदान गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले अवार्डसहित पुरस्कार प्रदान गरेका छन्।
त्यस्तै, ‘ऊनको स्वीटर’बाट मिरुना मगर उत्कृष्ट अभिनेत्री र नवीन चौहान उत्कृष्ट निर्देशक घोषित भए।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मान प्रदान गरिएको छ। सम्मानसँगै तीन लाख ७५ हजार रुपैयाँ नगद पनि प्रदान गरिएको छ।

राष्ट्रिय चलचित्र अवार्ड २०८२ विजेताः
- उत्कृष्ट चलचित्रः ऊनको स्वीटर
विशेष योगदान सम्मानः
- विश्नु गोपाल श्रेष्ठ
- मेनुका प्रधान
- डा सिङ् गुरुङ
- प्रकाश सुवेदी
- अबिनाशविक्रम शाह
- रोहित रुम्बा
- अन्जिला तुम्बापो
- लक्ष्मी वर्देवा
- विनोद शेरचन
- शंकर पान्डे
विशेष चलचित्र पुरस्कार: दिनेश सिटौला (मरणोपरान्त)
विशेष चलचित्र पुरस्कार: ल्याछो ज्योतिराज राइ
Shares

प्रतिक्रिया