समाज


बुडरमा सशस्त्रको विपद् व्यवस्थापन बेस स्थापना

बुडरमा सशस्त्रको विपद् व्यवस्थापन बेस स्थापना

नेपालखबर
असार ५, २०८३ शुक्रबार १३:२८, काठमाडौँ

डोटीको जोरायल गाउँपालिका–२ स्थित बुडरमा सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस स्थापना भएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिग विजय सुवेदीले बेसको उद्घाटन गरेका छन्। बेसमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा विपद् उद्धारका आवश्यक सामाग्रीसहितको टोली खटिएको छ।  

योसँगै सशस्त्र प्रहरी बल नेपालमा विपद् व्यवस्थापन बेसको संख्या १६ पुगेको छ। कोसी प्रदेशमा दुई, मधेस प्रदेशमा दुई, बाग्मती प्रदेशमा चार, गण्डकी प्रदेशमा दुई, लुम्बिनीमा प्रदेश एक, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा तीन वटा विपद् व्यवस्थापन बेस पुगेका छन्। 

गत वैशाखमा सशस्त्र प्रहरीले सुनसरीको चतरा, सप्तरीको भारदह, काभ्रेको भकुण्डेवेशी, गोरखाको आरुघाट, जुम्लाको बालडाडा र कैलालीको डुडेझरीमा विपद् व्यवस्थापन बेस स्थापना गरेको थियो। यसअघि धनकुटाको मुलघाट, बाराको निजगढ, धादिङको आदमघाट, सिन्धुलीको खुर्कोट, मकवानपुरको कुलेखानी, म्याग्दीको नारच्याङ, दाङको भालुवाङ, सुर्खेतको चिप्ले र डडेल्धुराको अमरगढीमा विपद् व्यवस्थापन बेस रहेका थिए। 

खुर्कोट र नारच्याङमा सशस्त्र प्रहरीको गोताखोर टोली तैनाथ छ। अन्य बेसमा भने विपद् व्यवस्थापन तालिम प्राप्त टोली रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad