समूह ‘ए’को विश्वकप फुटबलको दोस्रो खेलमा रोमाञ्चक बराबरी भएको छ।
चेक रिपब्लिकले ८३ मिनेटसम्म लिएको अग्रता जोगाउन नसकेको हो।
८३ मिनेटमा दक्षिण अफ्रिकाले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी ग¥यो। अफ्रिकाका लागि तेबोहो मोकोइनाले अन्तिम घडीमा गोल गरे।
यसअघि चेक रिपब्लिकले छैटौँ मिनेटमै अग्रता बनाएको थियो। टोलीका लागि माइकल स्याडिलेकको गोलमार्फत लिएको अग्रता ८३ मिनेटसम्म कायम रह्यो।
योसँगै जित्नैपर्ने खेलमा दुवै टोली असफल हुन पुगेका छन्। समूह एका यी टोली क्रमश: तेस्रो र चौथो स्थानमा छन्। दुवैले समान २ खेलबाट १–१ अंक बटुलेका छन्।
यो समूहमा पहिलो स्थानमा सहआयोजक मेक्सिको र दोस्रो स्थानमा दक्षिण कोरिया छन्। उनीहरुको पनि समान ३ अंक छ।
यी टोलीले भने एकमा हार र एकमा बराबरी खेलेका छन्।
309
Shares

प्रतिक्रिया