World Cup 2026


मेसीले पेनाल्टीमा गोल गरेनन्, इजिप्ट अर्जेन्टिनाविरुद्ध १–० ले अघि

मेसीले पेनाल्टीमा गोल गरेनन्, इजिप्ट अर्जेन्टिनाविरुद्ध १–० ले अघि

नेपालखबर
असार २३, २०८३ मंगलबार २२:४१, काठमाडौँ

विश्वकपअन्तर्गत अमेरिकामा जारी अर्जेन्टिना र इजिप्टको खेल रोमाञ्चक बनेको छ। 

बलियो मानिएको अर्जेन्टिनाविरुद्ध इजिप्टले १–० को अग्रता लिएको हो। 

इजिप्टका यासिर इब्राहिमले १५औँ मिनेटमै हेडर गोलमार्फत अग्रता दिलाएका हुन्। लगत्तै अर्जेन्टिनाले पेनाल्टी सदुपयोग नगर्दा अर्जेन्टिना बराबरी गर्नबाट चुक्यो । 

अर्जेन्टिनाका लियोनल मेसीले प्रहार गरेको पेनाल्टी इजिप्टका गोलरक्षकले उत्कृष्ट बचाउ गरेका हुन्। पहिलो हाफसम्म अर्जेन्टिनाले इजिप्टमाथि दबाब राखे पनि गोल गर्न नसकेको हो। 

खेल अहिले अमेरिकाको एटलान्टा स्टेडियममा भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad