गण्डकी


बाँदर धपाउन गाउँपालिकाले किसानलाई दियो निःशुल्क बन्दुक

बाँदर धपाउन गाउँपालिकाले किसानलाई दियो निःशुल्क बन्दुक

फाइल तस्बिर


नेपालखबर
जेठ ३२, २०८० बिहिबार १३:४३, तनहुँ

बन्दीपुर गाउँपालिकाले बाँदरका कारण पीडित कृषकलाई बाँदर धपाउनका लागि ३० वटा बन्दुक निःशुल्क वितरण गरेको छ। गाउँपालिका मातहत रहेका छवटै वडाका कृषकलाई पहिलो चरणमा बाँदर धपाउने बन्दुक वितरण गरिएको हो। 

ठूलो आवाज आउने भएकाले अन्य उपकरणको तुलनामा बाँदर धपाउनका लागि यो उपकरण निकै प्रभावकारी रहेको गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए। पहिलो चरणमा अत्यधिक मात्रामा बाँदरले दुःख दिएर हैरान बनाएका क्षेत्रका किसानलाई प्राथमिकता दिएको गाउँपालिकाले जनाएको छ। बाँदरले क्षति नगर्ने किसिमका वैकल्पिक खेतीतर्फ अग्रसर बन्न गाउँपालिकाले प्रोत्साहन गरेको उनले बताए। 

खेतबारीमा लगाइएका अन्नबाली र तरकारी बाली नष्ट गर्न थालेपछि किसानले गाउँपालिकासँग बाँदर धपाउने उपकरण माग गरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए। कृषकका मागलाई सम्बोधन गर्न गाउँपालिका कार्यालयले रु एक लाख बजेट विनियोजन गरेको उनले बताए। कृषि ज्ञान केन्द्रले बाँदरले हैरान दिएका क्षेत्रमा वैकल्पिक खेतीका रुपमा बेसार र अदुवालगायतका खेती लगाउन कृषकलाई आग्रह गरेको छ। 

बाँदरले हैरान बनाएपछि व्यास नगरपालिका–८ र १३ गरी दुई वडामा करिब दुई सय रोपनी क्षेत्रफलमा परीक्षणका रुपमा व्यावसायिक तरिकाले बेसारखेती गर्न थालिएको छ। कार्यालयले दुई वडाका लागि रु सात लाख अनुदान प्रदान गरिसकेको वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिए। ‘हामीले पैसा दिएका छौँ, कृषकले बीउबिजन र आवश्यकपर्ने औजार खरिद गरेका छन्’, उनले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad