ad ad

गण्डकी


बालविवाह रोक्न धार्मिक गुरुलाई जिसस कास्कीले प्रशिक्षण दिने

बालविवाह रोक्न धार्मिक गुरुलाई जिसस कास्कीले प्रशिक्षण दिने

नेपालखबर
चैत २८, २०८० बुधबार १९:११, पोखरा

जिल्ला समन्वय समिति(जिसस) कास्कीले बालविवाह अन्त्यको लागि सचेतना आवश्यक भएको ठहर गर्दै विहे गराउने धार्मिक गुरुलाई प्रशिक्षण दिने भएको छ। 

जिसस कास्कीको जिसस कास्कीको बुधबार सम्पन्न सातौँ जिल्लासभाले बालविवाहलाई न्यूनीकरण गर्न विवाहको निम्तो कार्डमा बेहुला–बेहुलीको जन्ममितिसमेत राख्नुपर्ने व्यवस्था गराउने निर्णय गरेको हो। 

जिसस कास्कीका प्रमुख लीलाधर पौडेलका अनुसार राष्ट्रिय बाल अधिकार परिषद्सँग समन्वय गरी ‘विहेबारी २० वर्षपारि’को नारालाई सार्थक तुल्याउन यो योजना अगाडि सारिएको हो। 

जिसस कास्कीले राष्ट्रिय महत्वका सम्भावित  रणनीतिक योजना र प्रदेश गौरवका योजनाका लागि प्राथमिकतासहित बजेटको व्यवस्थापन गरिदिन सरोकारवाला निकायसँग आग्रहमात्र गरेको छैन, कास्कीका ५ पालिकाका लागि विभिन्न ११४ वटा योजना जिल्लासभाबाट स्वीकृत गरी केन्द्र तथा प्रदेश सरकारमा माग गर्ने निर्णय पनि गरेको छ। ती योजनाको लागत अर्बौंको छ। 

जिल्ला समन्वय समितिको लागि आवश्यक पर्ने ऐन कानून संविधानको धारा २२०(७) बमोजिम प्रदेश सरकारले बनाइनुपर्ने व्यवस्था भए पनि प्रदेश सरकारले ऐन नबनाएको विषयलाई पनि सभाले उठान गरेको छ।

अनुगमनको जिम्मेवारी पाएको जिससको लागि आफ्नै ल्याब र प्रयोगशाला एवं दक्ष जनशक्तिको व्यवस्थान हुनुपर्ने पनि माग गरिएको छ।  

जिल्लासभाको गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .