गण्डकी


पोखरा दुर्घटनाका मृतक तीनैजनाको सनाखत, यी हुन् घाइते ८ जना

पोखरा दुर्घटनाका मृतक तीनैजनाको सनाखत, यी हुन् घाइते ८ जना

नेपालखबर
बैशाख ३१, २०८२ बुधबार २०:४७, काठमाडौँ

काठमाडौँबाट गएको माइक्रो पोखरामा दुर्घटना हुँदा मृत्यु भएका तीन जनाको सनाखत भएको छ। यस्तै घाइते ८ जनाको परिचय खुलेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार मृत्यु हुनेहरुमा कास्की, हेम्जाकी ५१ वर्षीया झाङमाया गुरुङ, धादिङको ज्वालामुखी गाउँपालिका–५ की ४५ वर्षीयातिलकुमारी आचार्य र धादिङकै निलकण्ठ नगरपालिका–२ का १५  वर्षीय आगम गुरुङ रहेका छन्। 

त्यस्तै घाइते हुने ८ जनामा कास्की पोखरा महानगरपालिका–१४का ४६ वर्षीय रमेश प्रसाद ढुंगाना, उनकी श्रीमती ४५ वर्षीया पार्वती ढुंगाना, धादिङको निलकण्ठ नगरपालिका–४ का २४ वर्षीय राज कुमार परियार, कास्की पोखरा महानगरपालिका–२५ का ३२ वर्षीय सानुबाबु गुरुङ र धादिङ निलकण्ठ नगरपालिका–१३ का ३५ वर्षीय राजु मगर रहेका छन्। 

त्यस्तै  घाइते भएकामध्य पोखरा महानगरपालिका–२५ का २७ वर्षीय आइतसिंह गुरुङ, नीलकण्ठ नगरपालिका–१३ का १९ वर्षीय सुदीप गुरुङ र त्यही क्षेत्रका १९ वर्षीय अनुप गुरुङ भने डिस्चार्ज भएका छन्।
 

यात्रुसहित ११ जना सवार ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रो पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२ लामेआहालमा दुर्घटनामा परेको हो। 


तीव्र गतिमा रहेको माइक्रो सडकदेखि करिब ३५ मिटर तल खेतमा खसेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad