ad ad

ग्लोबल


अष्ट्रेलियाको मेलवर्नमा हट्यो लकडाउन

अष्ट्रेलियाको मेलवर्नमा हट्यो लकडाउन

नेपालखबर
कात्तिक ५, २०७८ शुक्रबार १२:३५, काठमाडौँ

अष्ट्रेलियाको मेलवर्नमा कोरोना संक्रमण नियन्त्रणको लागि लगाइएको लकडाउन हटेको छ। लामो समयदेखि मेलवर्नमा लकडाउन लगाइएको थियो।

मेलवर्नमा कोरोना महामारीको क्रममा ६ पटकमा गरी २६० दिनभन्दा धेरै लकडाउन भइसकेको छ। यससँगै भिक्टोरियाको राजधानी सहर विश्वको सबैभन्दा धेरै लकडाउन भएको सहर बनेको छ।

अधिकारीहरुले अहिले मेलवर्नका १६ वर्षभन्दा माथिका ७० प्रतिशत मानिसले कोरोना खोप लगाइसकेकाले लकडाउन खुलाउनु उचित समय भएको बताएका छन्। लकडाउन खुलेसँगै मेलवर्नका मानिसहरुले बाहिर निस्केर खुसीयाली मनाएका छन्। 

अधिकारीहरुले लकडाउनको व्यापक आलोचना भए पनि यसले कोरोना संक्रमण नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। अष्ट्रेलियामा कोरोना संक्रमणको कारण १ हजार ५९० जनाको मृत्यु भएको छ।

यो संख्या अन्य विकसित मुलुकको तुलनामा कम हो। हालै मात्र अष्ट्रेलियाको सिड्नी र क्यानबेरामा पनि लकडाउन हटाइएको थियो। 

भिक्टोरियाका प्रिमियर ड्यानिअल एन्ड्र्युले कोरोना खोप नलगाएका मानिसको लागि भने अर्को वर्षसम्म प्रतिबन्ध नहट्ने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .