ad ad

ग्लोबल


न्यायाधीशले रोकिदिए सबै कर्मचारीलाई खोप अनिवार्य गर्ने बाइडेनको नियम

न्यायाधीशले रोकिदिए सबै कर्मचारीलाई खोप अनिवार्य गर्ने बाइडेनको नियम

नेपालखबर
माघ ८ , काठमाडौँ

अमेरिकी राष्ट्रपति जो बाइडेनले ल्याएको सबै संघीय कर्मचारीले कोरोना खोप अनिवार्य लगाउनुपर्ने नियम टेक्सासको एक अदालतले रोकिदिएको छ।

शुक्रबार अदालतका न्यायाधीशले सबै कर्मचारीले अनिवार्यरुपमा कोरोना खोप लगाउनै पर्ने बाध्यता हुन नहुने भन्दै बाइडेनले ल्याएको यो नियम रोकिदिएका हुन्। 

अमेरिका विभिन्न समूहका मानिसलाई कोरोना खोप लगाउने योजनामा रहेको अवस्थामा टेक्सासस्थित अदालतले सरकारलाई अर्को धक्का दिएको हो। 

गत नोभेम्बर २२ मा बाइडेनले ३५ लाख सरकारी कर्मचारीले अनिवार्यरुपमा खोप लगाउनुपर्ने आदेशमा हस्ताक्षर गरेका थिए। अन्यथा उनीहरुलाई कामबाट निकालिन सक्ने चेतावनी उनले दिएका थिए। 

अमेरिकी जिल्ला अदालतका न्यायधीश जेफ्री ब्राउनले सरकारले मानिसहरुलाई मास्क लगाउने तथा भौतिक दूरी कायम गर्नेजस्ता विषयमा प्रेरित गर्नुपर्ने उल्लेख गरेका छन्।

उनले मानिसहरुको स्वतन्त्रतालाई सम्मान गर्दै उनीहरुलाई सुरक्षा पनि दिनुपर्ने ब्राउनको भनाइ छ। 

अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अनुसार अहिलेसम्म अमेरिकाका ९३ प्रतिशत संघीय कर्मचारीले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्।

अमेरिकाको न्याय मन्त्रालयले अदालतको फैसलाविरुद्ध पुनरवलोकनमा जाने बताएको छ। 
 

माघ ८, २०७८, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .
ad ad