ग्लोबल


५० रुसी सैनिक मारिएको युक्रेनको दाबी

५० रुसी सैनिक मारिएको युक्रेनको दाबी

नेपालखबर
फागुन १२, २०७८ बिहिबार १४:५८, काठमाडौँ

युक्रेनले ५० जनाजति रुसी सैनिकलाई मारिदिएको दाबी गरेको छ। एएफपीका अनुसार बिहीबार बिहान रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि रुसतर्फ सो क्षति भएको युक्रेनले दाबी गरेको हो।

आक्रमण सुरु भएपछि दुवैतर्फ के कति क्षति भए भन्ने विवरण सार्वजनिक भइसकेका छैनन्। 

यसअघि युक्रेनी प्रहरीले ७ जना युक्रेनी नागरिकको ज्यान गएको जानकारी प्राप्त भएको जनाएको थियो। 

रुसले भने युक्रेनी सेना हतियार छाडेर हिँड्न थालेको दाबी गरेको छ। रुसको रक्षा मन्त्रालयले युक्रेनको हवाई प्रतिरक्षा प्रणाली ध्वस्त पारेको दाबी गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .