ग्लोबल


श्रीलंकामा जोसेफ स्टालिन पक्राउपछि विक्रमासिंगेको निन्दा

श्रीलंकामा जोसेफ स्टालिन पक्राउपछि विक्रमासिंगेको निन्दा

नेपालखबर
साउन १९, २०७९ बिहिबार २१:२०, काठमाडौँ

श्रीलंकामा सरकारविरोधी प्रदर्शनको नेतृत्व गरिरहेका एक नेताको गिरफ्तारीले आन्दोलनमा दमन बढ्ने चिन्ता उत्पन्न गरेको छ।

श्रीलंकाको शिक्षक युनियनका सचिव जोसेफ स्टालिनलाई प्रहरीलाई बुधबार दिउँसो कोलम्बोबाट पक्राउ गरेको थियो।

आर्थिक संकट चुलिएसँगै सरकारको राजीनामा माग गर्दै स्टालिन प्रदर्शनहरुमा सहभागी भएका थिए। गोटाबाय राजापाक्षेको राजीनामापछि जुलाई २० मा रनिल विक्रमासिंगेले सत्ता सम्हालेयता पक्राउ पर्ने स्टालिन सबैभन्दा वरिष्ठ ट्रेड युनियन नेता हुन्।

राजापाक्षले १४ जुलाईमा राजीनामा दिएका थिए। तर, विक्रमासिंगेले राजापाक्षे खलकको रक्षा गरिरहेको प्रदर्शनकारीहरुको आरोप छ। 

संयुक्त राष्ट्रसंघको मानवअधिकार विशेष दूत मेरी ललरले स्टालिनको गिरफ्तारी चिन्तित तुल्याउने खालको भएको बताइन्।

मे २८ का दिन दसौँ हजार विद्यार्थी, शिक्षक, ट्रेड युनियनकर्मी र कलाकारले जुलुस निकाले। त्यतिबेला प्रधानमन्त्री रहेका विक्रमासिंगेले प्रदर्शनको खुला समर्थन गरेका थिए। 

तर, अहिले विक्रमासिंगेले नै स्टालिनलाई गिरफ्तार गराएकोमा प्रदर्शनकारीहरु असन्तुष्ट छन्।

‘यदि जोसेफ स्टालिनले अपराध गरेको भए रनिलले पनि त्यही अपराध गरेका छन्। उसोभए रनिललाई पनि गिरफ्तार गरिनुपर्छ,’ ट्रेड युनियन समन्वय केन्द्रका संयोजक रवि कुमुदेशले भने। अल जजिरा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad