ग्लोबल


भारतीय सैन्य विमान दुर्घटना अपडेट: पाइलटसहित ५ जनाको मृत्यु

भारतीय सैन्य विमान दुर्घटना अपडेट: पाइलटसहित ५ जनाको मृत्यु

शनिबार असममा दुर्घटना भएको भारतीय वायुसेनाको विमान।


नेपालखबर
जेठ ३०, २०८३ शनिबार १५:३९, काठमाडौँ

आज (शनिबार) बिहान असमको जोरहाटस्थित रौरिया भारतीय वायुसेना बेसमा अवतरण गर्ने क्रममा भएको भारतीय वायुसेनाको विमान दुर्घटनामा पाइलटसहित ५ जनाको मृत्यु भएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलमको मृत्यु भएको हो। एक सह-पाइलट घाइते भएका छन्।

भारतीय वायुसेनाले एक्समा लेखेको छ, ‘असमको जोरहाटमा भएको एन-३२ विमान दुर्घटनामा भएको पाँच कर्मचारीको मृत्युमा हामी गहिरो समवेदना व्यक्त गर्दछौँ।’

विमान दुर्घटनामा बितेका खेमाराम कुमावत (दायाँ) र दानिश आलम (बायाँ)।

विमान एयरबेसमा अवतरण गर्ने प्रयास गर्दा दुर्घटना भएको थियो। विमान खसेपछि दुईटुक्रा भएको थियो भने आगलागी पनि भएको थियो।

शनिबार असममा दुर्घटना भएको भारतीय वायुसेनाको विमान।

भारतीय वायुसेनाका अनुसार सेना र सामान ढुवानीमा प्रयोग गरिने उक्त एएन-३२ विमान नियमित उडानमा थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad