ad ad

ग्लोबल


लेखक सलमान रुस्दीको घाँटीमा चक्कु प्रहार

लेखक सलमान रुस्दीको घाँटीमा चक्कु प्रहार

नेपालखबर
साउन २७, २०७९ शुक्रबार २१:५८, काठमाडौँ

लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण भएको छ। बुकर पुरस्कार विजेता यी लेखकमाथि न्युयोर्कको सितोक्वा इन्स्टिच्युसनमा लेक्चर दिन लागेका बेला आक्रमण भएको हो। 

प्रत्यक्षदर्शीहरुका अनुसार उनको नाम बोलाइँदै गर्दा एक व्यक्ति मञ्चमा दौडेर गएर उनीमाथि गएर चक्कु प्रहार गरेका थिए। त्यसपछि रुस्दी ढलेका थिए। उनको घाँटीमा चोट लागेको बताइएको छ।

घटनास्थलमा भएकाहरुले आक्रमणकारीलाई समातेका छन्।

प्रहरीले आक्रमणको पुष्टि गरेको छ। रुस्दीको अवस्था के छ, स्पष्ट छैन।

भारतमा जन्मेका उपन्यासकार १९८१ मा प्रकाशित मिडनाइट्स चिल्ड्रेन नामक पुस्तकबाट चर्चित भएका थिए।

१९८८ मा प्रकाशित उनको चौथो पुस्तक द सटानिक भर्सेस पुस्तकका कारण उनीमाथि फतवा जारी भएको थियो। त्यसपछि नौ वर्ष उनी लुकेर बसेका थिए।

इरानका सर्वोच्च धर्मगुरु आयातोल्ला खामेनीले पनि रुस्दीलाई मार्ने जोकोहीलाई ३० लाख डलर पुरस्कार दिने घोषणा गरेको थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .