ग्लोबल


चिनियाँ कम्युनिष्ट पार्टीको कांग्रेस अक्टोबरमा सुरु हुने

चिनियाँ कम्युनिष्ट पार्टीको कांग्रेस अक्टोबरमा सुरु हुने

नेपालखबर
भदौ १५, २०७९ बुधबार १३:५९, काठमाडौँ

चिनियाँ कम्युनिष्ट पार्टीको प्रत्येक पाँच वर्षमा हुने कांग्रेस अक्टोबरदेखि सुरु हुने भएको छ।

चिनियाँ सरकारी मिडियाले यसको जानकारी दिएका हुन्। यो सम्मेलनलाई राष्ट्रपति सी चिनफिङको तेस्रो कार्यकालको लागि एक महत्वपूर्ण कदमको रुपमा हेरिएको छ।  

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले मंगलबार आयोजित पोलिटब्युरो मिटिङलाई उद्धृत गर्दै पार्टीको २० औं राष्ट्रिय कांग्रेसको मिति घोषणा गरेको हो।

२०१८ मा चिनफिङले राष्ट्रपति कार्यकालको सीमा हटाएका थिए। आगामी कांग्रेसमा उनले आफ्नो कार्यकाल विस्तार गर्ने सम्भावना छ। 

यो कांग्रेस चीनको सबैभन्दा महत्वपूर्ण राजनीतिक भेला हो। यो  सम्मेलन एक सातासम्म चल्ने अनुमान गरिएको छ। जसमा देशभरका २३ सय प्रतिनिधि सहभागी हुनेछन्।

यो सम्मेलनले आगामी प्रधानमन्त्रीको तय गर्नेछ। त्यस्तै राष्ट्रपति सीसँग धेरै सरकारी पदमा अधिकारीहरु फेरबदल गर्ने मौका पनि छ। 

त्यस्तै यो सम्मेलनमा केही महत्वपूर्ण अन्तर्राष्ट्रिय विषयमा पनि चर्चा हुने सम्भावना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .