ad ad

ग्लोबल


ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा बोल्सोनारो र लुलाबीच प्रतिस्पर्धा

ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा बोल्सोनारो र लुलाबीच प्रतिस्पर्धा

नेपालखबर
असोज १७, २०७९ सोमबार ७:५८, काठमाडौँ

दक्षिणपन्थी राष्ट्रपति जायर बोल्सोनारोले हार स्वीकार नगर्ने हल्लाबीच ब्राजिलका वामपन्थी उम्मेदवार लुइज इनासियो लुला डा सिल्भाले ब्राजिललाई ‘सामान्य अवस्थामा फर्काउने’ प्रतिबद्धता व्यक्त गरेका छन्। 

ब्राजिलको इलेक्ट्रोनिक भोटिङ प्रणालीमा धाँधली भएको आरोप लगाउँदै आएका ६७ वर्षीय वर्तमान राष्ट्रपतिले लुलाले दोहोरो अङ्कको अग्रता लिएको जनमत सर्वेक्षणले देखाए पनि आफूले जित्नेमा आफू विश्वस्त रहेको बताउँदै हार्दा नतिजाको सम्मान गर्ने कि नगर्ने भन्ने पत्रकारको प्रश्नको प्रत्यक्ष जवाफ दिएका छैनन्। 

सन् २००० को दशकमा ब्राजिलको नेतृत्व गरेका लुलाले दक्षिणपूर्वी राज्य साओ पाउलोमा आफ्नो गढमा मतदान गर्दै बोल्सोनारोको नेतृत्वमा चार वर्षपछि ‘शान्तिको देश’ चाहेको बताए। 

उनी ७६ वर्षको उमेरमा पुनरागमन गर्न खोजिरहेका छन्। 

“हामी थप घृणा, अधिक कलह चाहँदैनौं,” पूर्व राष्ट्रपतिले मतदानपछि मतदाताहरूलाई दिइएको मतपत्र चुम्दै भने।  

बोल्सोनारोले रियो दि जेनेरियोमा राष्ट्रिय झण्डाको पहेँलो र हरियो रङको टिसर्ट लगाएर मतदान गरेका थिए। 

यो अभियानले ल्याटिन अमेरिकी मुलुकलाई गहिरो विभाजित बनाएको छ।

डाटाफोल्हा इन्स्टिच्युटले आइतबार गरेको अन्तिम सर्वेक्षणअनुसार लुलाले बोल्सोनारोलाई ५० प्रतिशतका विरूद्ध ३६ प्रतिशतसम्म मत अन्तरले पराजित गर्ने देखाइएको छ।

यसले लुलालाई स्पष्ट रूपमा जित्न र अक्टोबर ३० मा हुने अर्को चरणको मतदानबाट बच्न आवश्यक परिणामको पहुँचभित्र राखिएको थियो। 

बोल्सोनारोले मतदान प्रणालीमाथि गरेको आक्रमणले गत वर्ष अमेरिकी संसद भवनमा भएको दङ्गाको ब्राजिली संस्करणको भय बढाएको छ। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी हार स्वीकार गर्न अस्वीकार गरेका थिए।

ट्रम्पले बोल्सोनारोलाई अन्तिम क्षणमा समर्थन गर्दै उनलाई ‘शालीन नेता’ र ‘विश्वको कुनै पनि देशको महान राष्ट्रपतिमध्ये एक’ राष्ट्रपतिकारूपमा चित्रण गरेका थिए। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .