ग्लोबल


लेबनान पाँचौंपटक नयाँ राष्ट्रपति चयन गर्न असफल

लेबनान पाँचौंपटक नयाँ राष्ट्रपति चयन गर्न असफल

नेपालखबर
कात्तिक २५, २०७९ शुक्रबार ११:९, बेरुत

लेबनानको संसद् बिहीबार पनि नयाँ राष्ट्रपति चयन गर्न असफल भएको छ।  

राजनीतिक दलहरूले रिक्त राष्ट्रपति पदका लागि आवश्यक मत नपुग्दा नयाँ राष्ट्रपतिको निर्वाचन अन्योलमा परेको राष्ट्रिय समाचार एजेन्सीले उल्लेख गरेको छ।

कूल  १२८ मध्ये १०८ जना सांसदको सहभागिता रहेको मतदान सत्रमा संसद् सदस्य मिसेल मोवाडलाई ४४ मत, प्राध्यापक इसाम खलिफेलाई ६ मत, पूर्व गृहमन्त्रीलाई एक मत परेको थियो। 

यसैगरी जियाद बराउड र  लेबनानको उच्च परिषद को पूर्वमहासचिव जियाद हायेकको लागि एक भोट परेको थियो भने  ४७ भोट खाली  थियो। 

अक्टोबर ३१ मा समाप्त भएको पूर्व राष्ट्रपति मिशेल आऊनको उत्तराधिकारी चयन गर्न संसद असफल भएको यो पाँचौं पटक हो ।   योसँगै देश थप राजनीतिक अनिश्चिततामा  पुगेको छ। 

लेबनानको राष्ट्रपति पद यसअघि पनि  पटक-पटक खाली भइसकेको छ। 

लेबनानको सदनका सभामुख नाबिह बेरीले नयाँ राष्ट्रपतिको निर्वाचनका लागि नोभेम्बर १७ मा अर्को संसदीय अधिवेशन बोलाउन आह्वान गरेका छन्। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad