रुसले युक्रेनमा बुधबार पनि आक्रमण गरेको छ।
हमलामा ६ जनाको मृत्यु हुनाका साथै कम्तीमा २० जना घाइते भएको युक्रेनका अधिकारीहरूले बताएका छन्।
अधिकारीहरूका अनुसार रुसले कालो सागरको बन्दरगाह सहर ओडेसा र रुसको सीमानजिकैको उत्तरपूर्वी सहर सुमीका औद्योगिक तथा चिकित्सा सुविधालाई निसाना बनाएको हो।
रुसबाट छवटा निर्देशित हवाई बम प्रहार गरिएको बताउँदै सुमीका क्षेत्रीय गभर्नर ओलेग ग्रिगोरोभले यस क्षेत्रमा तीन जनाको मृत्यु भएको र १७ जना घाइते भएको पुष्टि गरेका छन्।
मृतकमध्ये एक महिला र एक जना पुरुष रहेको उनले जानकारी दिए। अर्को एकजना अत्यन्त गम्भीर घाइते भएको उनले बताए।
ओडिसामा बन्दरगाह र नागरिक पूर्वाधारलाई लक्ष्य गरी रुसले ड्रोन र मिसाइल प्रहार गरेको अधिकारीहरूले बताएका छन्।
ओडेसा क्षेत्रमा व्यापक संयुक्त क्षेप्यास्त्र र ड्रोन आक्रमण लगातार पाँचौँ दिनसम्म जारी रहेको गभर्नर ओलेग किपरले बताए।
उनका अनुसार तीन जनाको मृत्यु भएको छ भने कम्तीमा तीन जना घाइते भएका छन्।
Shares

प्रतिक्रिया