ग्लोबल


एक लाखभन्दा बढी रकेट भएका हमास र हिजबुल्लाबाट इजरायललाई सधैँ त्रास

एक लाखभन्दा बढी रकेट भएका हमास र हिजबुल्लाबाट इजरायललाई सधैँ त्रास

फाइल फाेटाे


नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार १८:४८, तेलअविव

अत्याधुनिक हतियार भएका उग्रवादी समूह हमास र हिजबुल्लाको आक्रमणको त्रासबाट इजरायल मुक्त हुन सकेको छैन। आतङ्ककारी सङ्गठन हिजबुल्लाका एक लाख तीस हजारभन्दा बढी रकेट र तीस हजार रकेट भएको हमासले इजरायलको अस्तित्वलाई सधैँ जोखिममा पारेको छ। 

गाजा र लेबनानबाट हमास र हिजबुल्लाद्वारा रकेट आक्रमण भएमा इजरायलीहरूको मृत्यु नहुन सक्छ किनकि रकेट प्रहार हुनेबित्तिकै देशभर खतराको सूचक साइरन बज्न थाल्छन् र नागरिकहरूलाई सुरक्षितस्थलमा आश्रय लिन सहज हुन्छ। इजरायलले प्रभावकारी रूपमा विकास गरेको ‘आइरन डोम’ रकेट आक्रमणलाई निस्तेज पार्न सफल छन् तर हमास र हिजबुल्ला दुवैले एकैदिन चार हजार रकेट आक्रमण एकैपटक गरेमा इजरायललाई त्यस्ता आक्रमणलाई सम्हाल्न कठिन हुनेछ। 

अमेरिकी सहयोगमा विकास गरिएका आइरन डोम मध्यम तथा लामो दुरीका रकेट, ब्यालिस्टिक मिसाइल, ड्रोनहरू, मानवरहित विमान आक्रमणलाई ९० प्रतिशत निष्फल बनाउन सक्षम छन् तर इजरायली सुरक्षा बल सम्भावित सामूहिक रकेट आक्रमणबाट सधै चिन्तित रहेका इजरायली प्रतिरक्षा बलका पूर्वअन्तर्राष्ट्रिय प्रवक्ता योनाटोन कोनिकोसले बताएका छन्। 

बहुसङ्ख्यक यहूदी जनसङ्ख्या गाजाबाट हुनसक्ने रकेट आक्रमणको जोखिममा छ भने लेबनानतिरबाट हिजबुल्लाले आक्रमण गर्ने खतरा पनि उत्तिकै रहेको उनी बताउँछन्। इजरायलविरुद्ध चौतर्फी आक्रमण भएमा जनधनको व्यापक क्षति हुने उनको अनुमान छ। पूर्वप्रवक्ता कोनिकोसका अनुसार एकैपटक चौतर्फी आक्रमण भएमा इजरायलका रकेट प्रतिरोधी सबै प्रणालीले देशवासीलाई जोगाउन हम्मेहम्मे पर्नेछ। 

हिजबुल्लालाई इरानले निरन्तर सहयोग गरिरहेको इजरायलले बताइरहेको छ। सुन्नी र सिया समुदायसँग आबद्ध दुवै पृथक समूहले इजरायलविरुद्ध एकीकृत एवम् समन्वयात्मक रूपमा आक्रमण गर्ने त्रासबाट पनि इजरायल मुक्त नरहेको पूर्वप्रवक्ता कोनिकोसको विश्लेषण छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .