ad ad

ग्लोबल


अमेरिकी भूमिमै चीनको प्रहरी कार्यालय, झस्कियो एफबीआई

यहीबारे क्यानाडाका प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भनाभन
अमेरिकी भूमिमै चीनको प्रहरी कार्यालय, झस्कियो एफबीआई

अमेरिकाको न्यूयोर्कमा चिनियाँ प्रहरी कार्यालय रहेको भवन। तस्बिर : एजेन्सी


नेपालखबर
मंसिर २, २०७९ शुक्रबार १७:४४, काठमाडौँ

अमेरिकी जाँच एजेन्सी एफबीआईले देशभित्रै चिनियाँ प्रहरी कार्यालय खुलेको कुरालाई लिएर चिन्ता जनाएको छ।

सेप्टेम्बरमा एनजीओ सेफगार्ड डिफेडर्सको एक रिपोर्टमा चीनले विश्वका कयौँ देशमा आफ्नो प्रहरी कार्यालय खोलिरहेको कुरा सार्वजनिक गरिएको थियो। यस्तो प्रहरी कार्यालय अमेरिकाको न्यूयोर्कमा पनि रहेको जनाइएको थियो। 

एफबीआईका निर्देशक क्रिस्टोफर व्रेले अमेरिकी सिनेट कमिटीलाई यस प्रकरणमा एजेन्सीले जाँच गरिरहेको बताएका छन्। 

एफबीआई निर्देशकले भने, 'हामीलाई यी चिनियाँ प्रहरी कार्यालयबारे जानकारी छ। चीनले उसको प्रयोजनका लागि हाम्रो देशभित्र त्यो पनि न्यूयोर्क जस्तो स्थानमा प्रहरुी कार्यालय खोल्नु आपत्तिजनक हो। बिना कुनै सूचना यस्तो गर्नु कुनै अवस्थामा सही मानिँदैन।'

चीनको यो कदमले अमेरिकी सार्वभौमिकताको उल्लंघनका साथै अमेरिकी न्यायिक व्यवस्थालाई पनि नजरअन्दाज गरेको उनले बताएका छन्। 

के यस्ता चिनियाँ थानाले अमेरिकी कानुनको उलंघन गर्छन् भनेर सोधिएको प्रश्नमा उनको जवाफ थियो, 'हामी यससँग जोडिएका सारा कानुनी पक्षको अध्ययन गरिरहेका छौँ।'

 स्पेनमा अवस्स्थित एनजीओ सेफगार्ड डिफेन्डर्सका अनुसार चीनको पब्लिक सेफ्टी ब्यूरोले विदेशमा पुलिस सर्भिस स्टेशन खोलिसकेको छ। यी पुलिस कार्यालय कयौँ महाद्वीपमा रहेका छन्। 

यीनमा दुई लण्डन र ग्लासगोमा पनि छन्। उत्तरी अमेरिकामा यी प्रहरी कार्यालय टोरन्टो र न्यूयोर्कमा पनि छन्। 

अमेरिकाको न्यूयोर्कमा रहेका चिनियाँ प्रहरी अधिकारीको टोली

विदेशस्थित यी प्रहरी कार्यालयको प्रयोग अन्तरराष्ट्रिय अपराध रोक्न र विदेशमा रहेका चिनियाँ नागरिकलाई प्रशासनिक सेवा पुर्‍याउन खोलिएको हो। 

यी सेवामा प्रमुख हुन् ड्राइभिङ लाइसेन्स पनि जारी गर्नू। तर यी प्रहरी कार्यालय केवल अपराध रोक्ने र चिनियाँ नागरिकलाई सेवा दिन मात्रै खोलिएका होइनन्। 

सेफगार्ड डिफेन्डर्सका अनुसार यी प्रहरी कार्यालय चीनको खतरनाक उद्धेश्य पूरा गर्न खोलिएका हुन्। तर चीनले यस्ता प्रहरी कार्यालयको अस्तित्वबारे ठाडै इन्कार गरेको छ। 

एफबीआईका निर्देशकले सिनेट कमिटीलाई बताए अनुसार उनको संस्थाले चीनका कयौँ अधिकारीविरुद्ध मानिसलाई प्रताडित गरे, उनीहरुलाई पछ्याएको र ब्ल्याकमेल गरेको अभियोगमा केस दर्ता गरेको छ।

'यो एक वास्तविक समस्या हो। यसबारेमा हामी आफ्ना विदेशी सहकर्मीहरुसँग पनि कुरा गरिरहेका छौँ। यस्तो कुरा अमेरिकामा मात्रै भएको छैन। अन्यत्र पनि चीनले प्रहरी कार्यालय खोलेको कुरा आएको छ।'

अक्टोबरमा अमेरिकाले सात चिनियाँ नागरिकविरुद्ध आपराधिक मामिलको जानकारी दिएको थियो। 

उनीहरुमाथि जासुसी गरेको र अमेरिकामा रहेका चिनियाँ नागरिकलाई प्रताडित गरेको अभियोगमा मुद्दा चलाइएको छ। चिनियाँ यी व्यक्तिहरुलाई चीन सरकार फिर्ता लैजान चाहन्थ्यो।

सेफगार्ड डिफेन्डर्सको रिपोर्टपछि गत महिना आयरल्यान्डको राजधानी डबलिनमा यस्तो एउटा चिनियाँ प्रहरी कार्यालय बन्द गर्न आदेश दिइएको थियो।

त्यसपछि क्यानाडाको जासुसी संस्थाले त्यहाँको भूमिमा पनि चिनियाँ प्रहरी कार्यालय खोलिएको विषयमा अनुसन्धान भइरहेको जनाएको थियो। 

यस्तै चिनिनयाँ प्रहरी कार्यालयको विषयमा क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच हालै इन्डोनेसियाको बालीमा भएको जी८ सम्मेलनका क्रममा भनाभनको अवस्था उत्पन्न भएको थियो।

ट्रुडोले क्यानाडामा खोलिएको चिनियाँ प्रहरी कार्यालयबारे आफूसँगको भेटवार्तामा उठाएको कुरा सञ्चारमाध्यमलाई भनेको भन्दै चिनियाँ राष्ट्रपति सीले हप्काएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .