भारतको ककरोच जनता पार्टी (सीजेपी) ले आज राजधानी दिल्लीमा पहिलोपटक विरोध प्रदर्शन गर्दै छ।
त्यसका लागि पार्टीका संस्थापक अभिजित दिपके शनिबार बिहान अमेरिकाबाट दिल्ली आइपुगेका छन्।
त्यहाँबाट उनी आज पार्टीले दिल्लीको जन्तरमन्तरमा गर्ने विरोध प्रदर्शनमा सहभागी हुनेछन्।
त्यसका लागि अनुमति लिन पार्लियामेन्ट स्ट्रिट पुलिस स्टेसनमा आउन उनले समर्थकहरूलाई अपिल गरेका छन्।
सीजेपीले निट-यूजी पेपर लिक र सीबीएसई, सीयूईटी, एसएससी-जीडीजस्ता परीक्षामा भएको अनियमितताविरुद्ध आज दिल्लीको जन्तरमन्तरमा प्रदर्शन गर्न लागेको बताइएको छ।
यो पार्टीले भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागिरहेको छ।
सीजेपीले विरोध प्रदर्शनमा भाग लिने समर्थकहरूका लागि निर्देशन पनि जारी गरेको छ।
जसमा समर्थकहरूलाई सनस्क्रिन लगाउन, ब्रेकफास्ट गर्न र तिरंगा झन्डँ, फूल र पुस्तक ल्याउन भनिएको छ।
ककरोच पार्टीको सुरुवात सामाजिक सञ्जालमा व्यंग्यात्मक अभियानबाट भएको हो।

भिडिओमा ककरोच पार्टीका प्रवक्ता आशुतोष राँका
VIDEO | Delhi: Digital outfit Cockroach Janta Party (CJP) spokesperson Ashutosh Ranka, says, "Yes, Abhijeet (Dipke) has landed. He has also tweeted about it. We are hopeful this will be monumental day in Indian politics. Soon, he will come out, we will go to the police station… pic.twitter.com/DYVuTAOTaT
— Press Trust of India (@PTI_News) June 6, 2026
Shares

प्रतिक्रिया