कतार विश्वकपमा अर्जेन्टिनाविरुद्ध कीर्तिमानी जित निकालेपछि साउदी अरबले बुधबार सार्वजनिक बिदा दिएको छ।
कतार विश्वकप अन्तर्गत मंगलबार भएको खेलमा साउदीले अर्जेन्टिनालाई २–१ ले पराजित गरेको थियो।
साउदीका राजा सलमानले बुधबार सरकारी र निजि संस्थालाई सार्वजनिक बिदा दिने घोषणा गरेका हुन्।
शाही अदालतका सल्लाहकार तथा सामान्य मनोरञ्जन प्राधिकरणका प्रमुख टर्की अल–शेखले बुधबार शहरका मुख्य पार्क र मनोरञ्जन केन्द्रमा प्रवेश निशुल्क गर्ने घोषणा गरेका छन्। साउदीले फाइनल परीक्षालाई अर्को मितिमा गर्ने जनाएको छ।
अर्जेन्टिनाविरुद्ध ऐतिहासिक जित निकालेपछि साउदीको राजधानीमा समर्थकहरुले नृत्य गर्दै खुसीयाली साटेका थिए। उनीहरुले राष्ट्रिय झण्डा फहराउँदै खुसी मनाएका थिए।
114
Shares
प्रतिक्रिया