ad ad

ग्लोबल


चीनमा घरमा आगो लाग्दा १० जनाको मृत्यु, ९ व्यक्ति घाइते

चीनमा घरमा आगो लाग्दा १० जनाको मृत्यु, ९ व्यक्ति घाइते

फाइल तस्बिर


नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार १०:५६, उरुम्की

उत्तरपूर्वी चीनको सिन्जियाङ् प्रान्तको राजधानी उरुम्कीमा भएको आगलागीमा परेर कम्तीमा १० जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन्।

एक व्यक्तिको निजी घरमा भएको आगलागीमा परेर ती व्यक्तिको ज्यान गएको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन्।

अधिकारीहरुका अनुसार बिहीबार राति आगलागी भएको हो। 

उरुम्कीको नियानसाब जिल्लामा बिहीबार राति करिब ८ बजे एक व्यक्तिको निजी घरमा आगो सल्किएको थियो। 

यहाँका स्थानीय अधिकारीले दिएको जानकारीअनुसार राति १०:३५ मा मात्र आगो नियन्त्रणमा लिइएको थियो। अगलागीको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .