छालाको क्यान्सरबारे चेतना जगाउन हजारौँ मानिसले अस्ट्रेलियामा सामूहिक नग्न फोटो खिचाएका छन्। सिड्नीको बोन्डी बिचमा करिब २५ सय मानिसहरुलाई भेला पारेर अमेरिकी फोटोग्राफर स्पेन्सर ट्युनिकले शनिबार सो फोटो खिचाएका हुन्।
ट्युनिक विश्वका चर्चित स्थानमा सामूहिक नग्न फोटो खिचाएर चर्चामा आएका फोटोग्राफर हुन्।
अस्ट्रेलियामा यो वर्ष १७ हजारभन्दा बढीमा छालाको क्यान्सर पत्ता लागेको थियो।
नग्न फोटो खिचाउन आफूलाई अत्यधिक डर लागे पनि अन्तिममा डरलाई जितेर सो कार्यक्रममा सहभागी भएको सहभागी रोबिन लिन्डरले बताइन्।
ट्युनिकले सिड्नीमा २०१० मा पनि यस्तै फोटो खिचेका थिए। त्यतिबेला सिड्नी ओपेरा हाउसमा ५ हजार २ सय मानिसले नग्न फोटो खिचाएका थिए। स्काइ न्युज
मंसिर १०, २०७९, शनिबार
12
Shares
प्रतिक्रिया