ad ad

ग्लोबल


चीन र रूसका सैन्य जहाज दक्षिण कोरियाको सुरक्षा क्षेत्रमा छिरे

चीन र रूसका सैन्य जहाज दक्षिण कोरियाको सुरक्षा क्षेत्रमा छिरे

सांकेतिक तस्बिर


नेपालखबर
मंसिर १४, २०७९ बुधबार १८:५२, काठमाडौँ

दक्षिण कोरियाको सेनाले बुधवार ६ वटा रूसी र दुईवटा चिनियाँ डलाकु विमान आफ्नो एयर डिफेन्स क्षेत्रमा घुसेको जनाएको छ।

त्यहीकारण आफ्ना लडाकु जहाज त्यस क्षेत्रमा पठाउन बाध्य भएको दक्षिण कोरियाले जनाएको छ।

दक्षिण कोरियाका जोइन्ट चिफ स्टाफले बुधवार बताएअनुसार चीनका एच-६ बमवर्षक विमान कयौँ पटक कोरियाली एयर डिफेन्स आइडेन्टिफिकेशन क्षेत्रमा पसेर फर्किएका हुन्। 

उनका अनुसार केही घण्टापछि जापानले दाबी गर्दै आएको इस्ट सी (सी अफ जापान) देखि फेरि दुई रूसी एसयू-३५ जहाज चार टियु-९५ लडाकु जहाजसहित कोरियाली हवाई क्षेत्रमा घुसेका हुन्। 

दक्षिण कोरियाले त्यसपछि सबै जहाज वार क्षेत्रबाहिर गएको जनाएको छ। त्यसपछि ती जहाज फर्केर नआएको समाचारमा उल्लेख छ।

एयर डिफेन्स आइडेनेटिफिकेशन क्षेत्र कुनै पनि देशको वायु सीमादेखि बाहिर पर्छ। त्यसलाई सुरक्षाका कारण नियन्त्रणमा लिने कोसिस भइरहन्छ। तर अन्तरराष्ट्रिय सम्झौतामा यसबारे परिभाषा गरिएको छैन।

दक्षिण कोरियाले रूसी र चिनियाँ जहाज कोरियाली एयर डिफेन्स आइडेन्टिफिकेसन क्षेत्रमा पस्नु पहिले नै सैन्य जहाज पठाएको जनाएको छ।

यो कदम समय हुँदै आफ्नो बचाउका लागि चालिएको पनि दक्षिण कोरियाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .