ad ad

ग्लोबल


इजरायली आक्रमणमा परी दुई प्यालेष्टिनीको मृत्यु

इजरायली आक्रमणमा परी दुई प्यालेष्टिनीको मृत्यु

फाइल तस्बिर


नेपालखबर
पुस ३०, २०७९ शनिबार २१:२६, काठमाडौँ

इजरायली सेनासँगको झडपमा शनिबार बिहान दुई प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी अधिकारीले बताएका छन्। 

प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘उत्तरी पश्चिमी किनाराशहर जेनिनको दक्षिणमा रहेको एक गाउँमा इजरायली सेनासँगको झडपमा दुई प्यालेस्टिनीको मृत्यु भएको छ।’

इजरायली सेनासँग जाबा गाउँको प्रवेशद्वारमा भएको झडपमा २४ वर्षीय इजदीन हमामरेह र २३ वर्षीय अमजद खलैलेहको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ। घटनाबारे थप विवरण दिइएको छैन। यद्यपि प्यालेस्टाइनी सुरक्षा स्रोतका अनुसार इजरायली सेनाले एउटा गाडीमा गोली चलाउँदा कारमा सवार दुई युवकको मृत्यु भएको थियो।

यसैबीच इजरायली सेनाका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै प्यालेस्टाइनी संदिग्धहरूले इजरायली सैनिकहरूमाथि कारबाट गोली चलाएको र सैनिकहरूले जवाफी गोली चलाउँदा कारमा सवार दुई लडाकूको मृत्यु भएको बताएका छन्। 

प्यालेस्टिनीे स्वास्थ्य मन्त्रालयका अनुसार जनवरी १ यता इजरायली सेनाले वेस्ट बैंक र पूर्वी जेरुसेलममा गरेका कारबाहीमा १२ जना प्यालेस्टिनीको मृत्यु भएको छ। रामल्ला, (रासस/सिन्ह्वा)
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .