युद्धमा रहेको युक्रेनका उच्च पदस्थ व्यक्तिहरुले ठूलो मात्रामा भ्रष्टाचार गरेको खुलासा भएपछि राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले उनीहरुलाई राजीनामा दिन लगाएका छन्।
उनका एक सल्लाहकार, चार उपमन्त्री र पाँच क्षेत्रीय गभर्नरहरुले मंगलबार राजीनामा दिएका छन्।
हालै ती अधिकारीहरुले घुस खाएको, महंगो मूल्यमा सामान किनेको र विलासी जीवनशैली अपनाएको आरोप लागेको छ।
यसैमा जनताले कारबाहीको माग गरेको हुनाले राष्ट्रपति जेलेन्स्कीले सो कदम चालेको उनका एक सहयोगीले बताएका छन्।
जेलेन्स्कीले अनुमति नलिई विदेश नजान उच्च सरकारी अधिकारीहरुलाई आदेश दिइसकेका छन्।
सबैभन्दा पहिले किरल तिमोसेन्कोले राजीनामा दिएका छन्। उनी राष्ट्रपति कार्यालयका उपप्रमुख हुन्। यसअघि उनी जेलेन्स्कीको चुनावी अभियानमा पनि सामेल थिए।
रुसको आक्रमणपछि उनी युक्रेन सरकारको प्रवक्ता बनेका थिए। मुलुक युद्धले आक्रान्त बनेका बेला उनले कयौँ महंगा स्पोर्ट्स कार प्रयोग गरेको पत्रकारहरुले आरोप लगाएका छन्।
त्यस्तै, उपरक्षामन्त्री भ्याचेस्लाव सापोवालोवले पनि महंगो मूल्यमा सैनिकलाई खाद्यान्न आपूर्ति गरेको आरोप लागेपछि राजीनामा दिएका छन्। रक्षामन्त्री अलेक्सेइ रेज्निकोवमाथि यही आरोप छ। एजेन्सी
Shares
प्रतिक्रिया