ग्लोबल


टिभी कार्यक्रममा डिग्रीको सर्टिफिकेट च्यात्ने प्रोफेसरलाई तालिबानले समात्यो

जसले महिला शिक्षा अभियान चलाइरहेका थिए
टिभी कार्यक्रममा डिग्रीको सर्टिफिकेट च्यात्ने प्रोफेसरलाई तालिबानले समात्यो

नेपालखबर
माघ २० , काठमाडौँ

महिलाहरुको शिक्षाका लागि आवाज उठाउने अफगाननिस्तानका एक प्राध्यापकलाई तालिबान गिरफ्तार गरेको छ।

उनलाई जुनबेला गिरफ्तार गरिएको हो, त्यसबेला उनी राजधानी काबुलको सडकमा सित्तैमा किताब बाँडिरहेका थिए। 

अहिलेसम्म तालिबानले आधिकारिक रुपमा उनको गिरफ्तारीबारे केही पनि टिप्पणी गरेको छैन। 

तालिबानले इस्माइल मशाल नामका प्राध्यापकलाई गिरफ्तारीपछि तालिबानको सूचना मन्त्रालयका एक सदस्यले सामाजिक सञ्जालमार्फत उनलाई सम्मानजनक व्यवहार गरिएको बताएका छन्। 

इस्माइल मशालले लाइभ टेलिभिजन कार्यक्रममै आफ्नो शिक्षाका दस्तावेज र डिग्रीको सर्टिफिकेट पनि च्यातिदिएपछि चर्चामा आएका थिए। 

उनले यो कदम महिलाहरुलाई शिक्षाको अधिकारमा प्रतिबन्ध लगाउने तालिबानको निर्णयविरुद्ध चालेको बताएका थिए। 

अघिल्लो महिना उनले बीबीसी अफगान सेवासँगको कुराकानीका क्रममा पुरुषहरु महिलाको अधिकारका लागि उभिनु जरुरी रहेको बताएका थिए। 

माघ २०, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.