टर्कीमा गएको भूकम्पमा झण्डै २ सय जनाको मृत्यु भएको छ। त्यस्तै एक हजार जनाभन्दा बढी घाइते भएका छन्।
अमेरिकी केबल न्युज नेटवर्कका अनुसार ७.८ म्याग्निच्युटको भूकम्प इजरायलमा पनि महशुस गरिएको थियो।
उक्त भूकम्प केन्द्रविन्दुबाट ३०० किमि टाढासम्म महशुस गरिएको बताइएको छ।
भूकम्पले सिरियामा पनि ठूलो जनधनको क्षति भएको छ। सिरियाली सरकारी टिभीले त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जनाएअनुसार सोमबारको भूकम्पपछि सिरियामा १११ जनाको मृत्यु र ५१६ जना घाइते भएको उल्लेख गरेको छ।
टर्किस राजधानी इस्तानबुलमा १ हजार जनाको उद्धार टोली परिचालन गरिएको छ। टर्कीमा कम्तीमा पनि ७६ जनाको मृत्यु भएको रिपोर्टहरु सार्वजनिक भइरहेका छन्।
माघ २३, २०७९, साेमबार
प्रतिक्रिया