ग्लोबल


स्टाफसँग अफेयर चलाएको स्विकार्दै टोरन्टोका मेयरले दिए राजीनामा

स्टाफसँग अफेयर चलाएको स्विकार्दै टोरन्टोका मेयरले दिए राजीनामा

नेपालखबर
माघ २८, २०७९ शनिबार १५:५४, टोरन्टो

क्यानडाको सबैभन्दा ठूलो सहर टोरन्टोका मेयरले स्टाफसँग अफेयर चलाएको स्विकार्दै राजीनामा दिएका छन्।

मेयर जोन टोरीले शुक्रबार राति माफी माग्दै राजीनामा दिएका हुन्।

अबेर राति आयोजित पत्रकार सम्मेलनमा ६८ वर्षीय टोरीले आफ्नै अफिसकी एक महिला कर्मचारीसँग सम्बन्ध कायम गरेको स्विकारे। सो सम्बन्ध यही वर्ष अन्त्य भएर ती महिलाले सो जागिर छाडिसकेको उनले बताए।

टोरी २०१४ मा मेयर चुनिएका थिए। त्यसयता उनी तेस्रो पटक निर्वाचित भएका थिए।

‘राजीनामा घोषणा गर्दै उनले भने, ‘म निकै दुःखी छु र म टोरन्टोका जनता र मेरो क्रियाकलापबाट चोट पुगेका सबैसँग माफी माग्छु। सबैभन्दा ज्यादा म मेरी पत्नी बार्ब र मेरो परिवारसँग माफी माग्छु।’

उनले विवाह गरेको ४० वर्ष भइसकेको छ।

उनले सो अफेयर कोभिड महामारीका बेला सुरु भएर आपसी सहमतिमा यसै वर्ष अन्त्य भएको बताए।

‘फलस्वरुप मैले पदबाट हट्ने निर्णय लिएको छु। ताकि म आफ्नो गल्तीबारे सोच्न सकूँ र परिवारको विश्वास विश्वास पुनः आर्जन गर्ने काम गर्न सकूँ,’ उनले भने। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad