ग्लोबल


इरानी विद्यालयमा विष प्रकरण : एक सयभन्दा बढी पक्राउ

इरानी विद्यालयमा विष प्रकरण : एक सयभन्दा बढी पक्राउ

नेपालखबर
फागुन २९, २०७९ सोमबार ५:४८, काठमाडौँ

विद्यालयका हजारौँ छात्रालाई रहस्यमय ढंगले विषको माध्यमबाट आक्रमण गरेको अभियोगमा इरान सरकारले एक सयभन्दा बढीलाई पक्राउ गरेको छ।

गत नोभेम्बरको अन्त्यदेखि सतहमा आएको विष प्रकरण इरानमा गम्भीर बन्दै गएको छ। विद्यालय परिसरमा विषाक्त गन्ध फैलाएर छात्रालाई आक्रमण गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

धेरै छात्रा बेहोस हुने, वाकवाकी लाग्ने, सास फेर्न कठिन हुने समस्याबाट पीडित भएका छन्। उनीहरूलाई अस्पताल भर्ना गरिएको छ। 

देशका दुई सयभन्दा बढी विद्यालय परिषरमा विषाक्त गन्ध फैलाएर ‘शत्रु समूह’ ले आक्रमण गरेका जनाउँदै इरानी गृह मन्त्रालयले अपराधीहरूलाई कानुनको दायरमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ। 

यो घटनाबाट विद्यार्थी र अभिभावक क्रुद्ध एवम् भयभीत छन् । इरानी जनतामा त्रास सृजना गर्ने तथा विद्यालय बन्द गराउने उद्देश्यका साथ विषाक्त आक्रमण गरिएको गृह मन्त्रालयले जनाएको छ। 

गत साताको मध्यदेखि भने विषाक्त आक्रमणका घटना भएका छैनन्। छात्राहरू बिरामी परेका खबर पनि प्राप्त नभएका उक्त मन्त्रालयले जनाएको छ। 

अल्वानियामा रहेको इरानको विपक्षी आतङ्कवादी सङ्गठनले उक्त आक्रमण गराएको ठानिएको छ। पक्राउ परेकाहरूसँग सोधपुछ र अनुसन्धान जारी रहेकाले आतङ्कवादी सङ्गठनसँगको उनीहरूको संलग्नता पुष्टि भइनसकेको सम्बद्ध अधिकारीहरूले बताएका छन्। 

इरानका ३१ प्रान्तमध्ये २५ वटा प्रान्तका करिब दुई सय ३० विद्यालयका पाँच हजारभन्दा बढी विद्यार्थी विषाक्त आक्रमणको शिकार भएका सरकारी तथ्यांक छ। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .