भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी साम्राज्यवाद पतन भएको बताएका छन्।
अर्जेन्टिनाको एक सञ्चारमाध्यलाई अन्तर्वार्ता दिँदै उनले ल्याटिन अमेरिका, क्यारेबियन र बाँकी विश्वमा अमेरिकी वर्चस्व घट्दै गएको दाबी गरे।
‘अमेरिकी साम्राज्यवाद पतन उन्मुख छ, अब ल्याटिन अमेरिका र क्यारेबियनका जनताको भलाइको लागि प्रस्ताव गर्न केही छैन। सबै अमेरिकी नीति पश्चगामी छन्, ’ राष्ट्रपति मादुरोले भने।
यद्यपि ह्वाइट हाउसद्वारा प्रवर्तित अति–दक्षिणपन्थी समूहहरूको अझै पनि प्रभाव रहेको उनले बताए।
अमेरिकाले ल्याटिन अमेरिकी समाजमा असहिष्णुता र घृणा उत्पन्न गराउन, लोकतान्त्रिक विरोधी, अधिनायकवादी, बहिष्करणका परियोजनालाई वित्तीय सहयोग गर्न नचाहेको आरोप पनि उनले लगाए।
कठिन परिस्थितिमा पनि बहुध्रुवीय, बहुकेन्द्रित, नयाँ संसार, मानवताको साझा भाग्य निर्माणमा आफ्नो देशले योगदान गरेको उनको भनाई छ।
अमेरिकी साम्राज्यवादी आफू र आफ्नो देशका क्रान्तिकारी परियोजनालाई नष्ट गर्न उद्यत रहेको पनि उनले बताए। एजेन्सी
Shares

प्रतिक्रिया