ad ad

ग्लोबल


भारतको महाराष्ट्रमा ‘एचथ्री एनटू’ भाइरस संक्रमित दुईजनाको मृत्यु

भारतको महाराष्ट्रमा ‘एचथ्री एनटू’ भाइरस संक्रमित दुईजनाको मृत्यु

नेपालखबर
चैत २, २०७९ बिहिबार ५:५६, काठमाडौँ

भारतको पश्चिमी राज्य महाराष्ट्रमा ‘एचथ्री एनटू’ भाइरस सङ्क्रमित दुई जनाको बुधबार मृत्यु भएको अधिकारीहरूले बताएका छन्। 
 

महाराष्ट्रका स्वास्थ्यमन्त्री तानाजी सावन्तले भने,  ‘सङ्क्रमित मृतकमध्ये एक जना अहमदनगर जिल्लाका मेडिकल विद्यार्थी हुन्, अर्का एक जना नागपुरका ज्येष्ठ नागरिक हन्। 

दुवै बिरामीमा अन्य थुप्रै समस्या पनि उपचारका क्रममा देखिएको थियो स्वास्थ्यमन्त्री सावन्तले जानकारी दिए। 

दुई जनाको मृत्यु भएको पुष्टि भएपछि स्थानीय सरकारले सङ्क्रमण हुनबाट सावधानी अपनाउन स्वास्थ्य प्रशासन र राज्यभरका अस्पताललाई सचेत गराएको छ। 

राज्यमा हालसम्म तीन सय ५० भन्दा बढी बिरामीमा एचथ्री एनटू भाइरसको सङ्क्रमण पुष्टि भएको छ। 

भारतका धेरै भागहरूमा फ्लुका बिरामीहरू बढेका छन्। बिरामीहरूले लामो समयसम्म खोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वाससम्बन्धी समस्या देखिने गरेको छ।

स्वास्थ्य मन्त्रालयले एकीकृत रोग निगरानी कार्यक्रम (आईडीएसपी) सञ्जालमार्फत विभिन्न राज्यमा मौसमी फ्लुको अवस्थालाई नजिकबाट नियालिरहेको जनाएको छ। 

भारतको काउन्सिल अफ मेडिकल रिसर्चले पनि मौसमी फ्लुको रोकथामका लागि सावधानीबारे परामर्श जारी गरेको छ। 

गत हप्ता संघीय स्वास्थ्य मन्त्रालयले कर्नाटक र हरियाणामा एचथ्री एनटू इन्फ्लुएन्जाका कारण एक÷एक जनाको मृत्यु भएको पुष्टि गरेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .