अमेरिकी ड्रोनमाथि रुसी विमानले तेल खन्याएको भिडिओ अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले सार्वजनिक गरेको छ।
पेन्टागनले बिहीबार सार्वजनिक गरेको ४२ सेकेन्डको भिडिओमा रुसी एसयू–२७ लडाकु विमान एमक्यू–९ ड्रोनको पछाडि पुगेपछि तेल छाड्न थालेको देखिन्छ।
मंगलबार काला सागरमा अमेरिकाको सो ड्रोन खसेको थियो।
रुसले अमेरिकाको ड्रोन खसाइदिएपछि अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले चिनियाँ समकक्षी सेर्गेइ सोइगुसँग टेलिफोन वार्ता गरेका छन्।
त्यस्तै अमेरिकी चिफ्स स्टाफ जर्नेल मार्क मिलीले पनि रुसी समकक्षी भेलेरी गेरासिमोभसँग पनि कुरा गरेका छन्।
— Reuters (@Reuters) March 16, 2023The Pentagon released a de-classified video showing a Russian military jet coming very close to a U.S. military drone, dumping fuel near it and a damaged propeller in the aftermath of the intercept https://t.co/Gn6XunoVyZ pic.twitter.com/XraNJ4FP9G
कुनै पनि देशले आफ्नो सीमानजिक आएको विदेशी वाहनलाई रोक्न खोज्नु अनौठो होइन। तर, पछिल्लो घटनाले रुस र अमेरिकाबीच टक्करको जोखिम बढाएको छ।
आफूले उडान प्रतिबन्ध लगाएको क्षेत्रमा प्रवेश गरेर अमेरिकाले निहुँ खोजेको आरोप रुसले लगाएको छ।

Shares

प्रतिक्रिया