ग्लोबल


अमेरिकाको टेक्ससस्थित डेरी फार्ममा विस्फोट : कम्तीमा १८ हजार गाई मारिए

अमेरिकाको टेक्ससस्थित डेरी फार्ममा विस्फोट : कम्तीमा १८ हजार गाई मारिए

नेपालखबर
बैशाख १, २०८० शुक्रबार ११:५०, काठमाडौँ

अमेरिकाको टेक्ससमा रहेको एक डेरी फार्ममा विस्फोट हुँदा १८ हजारभन्दा धेरै गाई मारिएका छन्। 

टेक्सस नजिकै डिमिटमा सञ्चालित डेरी फार्ममा विस्फोट हुँदा त्यतिका धेरै गाई मारिएका हुन्। 

टेक्सस प्रान्तको पश्चिमी इलाकामा रहेको उक्त डेरी फर्ममा आगलागीपछि विस्फोट भएको हो। अमेरिकाको फार्ममा अहिलेसम्मकै सबैभन्दा विध्वंशक आगो अझै पनि निभेको छैन। 

विस्फोट डिमिट शहरनजिकै साउथ फोर्क डेरीमा यस साताको सुरुवातमा भएको थियो।  उक्त विस्फोटमा एक व्यक्ति घाइते भएको समाचार पनि आएको थिय। 

अधिकारीहरुका अनुसार डेरी फार्मबाट निस्किएको मिथेन ग्यासमा आगो लागेपछि विस्फोटक रुप लिएको हो। एक अधिकारीका अनुसार गोबर र पानीलाई सोहोर्न प्रयोग गरिने भ्याक्यूम जस्तो उपकरणबाट आगलागी सुरु भएको हो।

क्यास्ट्रो काउन्टी शेरिफको कार्यालयले यस विस्फोटको तस्बिर सार्वजनिक गरेको छ। जहाँ आकाश नै ढाक्ने गरी धुवाँको मुस्लो उठेको देख्न सकिन्छ।

आगो र धुवाँका कारण श्वासप्रश्वास अवरुद्ध भएर मरेका गाईको संख्या अनगिन्ती छ। तर शेरिफको कार्यालयले बीबीसीलाई बताएअनुसार अहिलेसम्म १८ हजार गाई मरेको जनाएको छ। 

शेरिफका अनुसार फार्मको जुन क्षेत्रमा गाई पालिएको थियो, त्यहाँसम्म आगो फैलिएर जाँदा निस्किएको धुवाँका कारण धेरै हताहती भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad