ग्लोबल


कर्मचारीलाई हेपाहा व्यवहार गरेको पाइएपछि बेलायतका उपप्रधानमन्त्री डोमिनिक राबद्वारा राजीनामा

कर्मचारीलाई हेपाहा व्यवहार गरेको पाइएपछि बेलायतका उपप्रधानमन्त्री डोमिनिक राबद्वारा राजीनामा

नेपालखबर
बैशाख ८, २०८० शुक्रबार १८:४७,

बेलायतका उपप्रधानमन्त्री तथा न्यायमन्त्री डोमिनिक राबले शुक्रबार राजीनामा दिएका छन्। कर्मचारीमाथि हेपाहा व्यवहार गरेको पुष्टि भएपछि उनले राजीनामा दिएका हुन्।

यसअघि उनीविरुद्ध छानबिन चलेको थियो। शुक्रबार छानबिनको प्रतिवेदन सार्वजनिक भएको थियो।

प्रतिवेदनले राब न्यायमन्त्री हुँदा उनको व्यवहार डर उत्पन्न गर्ने तथा बेइज्जत गर्ने खालको भएको निष्कर्ष निकालेको छ।

विदेशमन्त्री हुँदा पनि उनले आफ्नो अख्तियार दुरुपयोग गरेर कर्मचारीको बेइज्जती गरेको बताइएको छ।

राबले सो आरोप अस्वीकार गरेका थिए। उनले आफ्नो त्यस्तो व्यवहारको कुनै प्रमाण भेटिए राजीनामा दिने बताएका थिए।

तर, राजीनामा दिँदै उनले छानबिनको प्रतिवेदन कमजोरीयुक्त भएको बताएका छन्।

प्रधानमन्त्री ऋषि सुनकले राजीनामा स्वीकृत गरेका छन्। 

सुनकले ओलिभर डाउडेनलाई उपप्रधानमन्त्री बनाएका छन् भने एलेक्स चकलाई न्यायमन्त्री नियुक्त गरेका छन्। एजेन्सी 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .