ad ad

ग्लोबल


पाइलटले महिला साथीलाई ककपिटमै लगेपछि...

पाइलटले महिला साथीलाई ककपिटमै लगेपछि...

नेपालखबर
बैशाख ९, २०८० शनिबार १०:४६, काठमाडौँ

एयर इन्डियाका एक पाइलटविरुद्ध आफ्नी महिला साथीलाई विमानको ककपिटमा लगेको आरोप लागेको छ।

यस सम्बन्धमा भारतको उड्डयन क्षेत्रको नियामक निकाय नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले छानबिन गरिरहेको बीबीसी हिन्दीले जनाएको छ।

समाचार एजेन्सी पीटीआईले एक अधिकारीलाई उद्धृत गर्दै घटना गत फेब्रुअरी २७ को भएको उल्लेख गरेको छ। 

रिपोर्टअनुसार दुबईबाट दिल्ली उडानका क्रममा एयर इन्डियाको फ्लाइट कमान्डरले आफ्नी महिला साथीलाई इकोनोमी क्लासबाट बोलाएर ककपिटमा बसाएका थिए।

यो मुद्दा तब चर्चामा आयो, जब पाइलट, सहपाइलट, केबिन क्रु सदस्य र महिला शुक्रबार बयानका लागि डीजीसीएमा उपस्थित भए।

यसअघि ३ मार्चमा केबिन चालक दलका सदस्यले एयर इन्डियाका सीईओ र उडान सुरक्षालाई पहिलो पटक लिखित उजुरी गरेका थिए। त्यसपछि यो मुद्दा डीजीसीएमा पठाइयो।

घटना विवरणअनुसार केबिन क्रुको एक सदस्यले फ्लाइट कमान्डररलाई त्यसो नगर्न आग्रह गर्दा उनले ती सदस्यलाई उल्टै गाली गरेको आरोप छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .